एक जना व्यवसायीको लाभको लागि पाथीभरामा केबलकार बन्न दिनु हुँदैनः अध्यक्ष लिङदेन

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पाथीभरा मन्दिरमा कुनै एक व्यवसायीको लाभको लागि केबलकार बनाउन दिन नहुने बताएका छन् ।

आईतवार काठमाडौंमा पाथिभरा केबुलकारको विषयमा धारणा राख्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् । उनले जनता माथि गोली चलाएर दमन गरी पाथीभरा मन्दिरमा केबलकार बनाउन जरुरी नभएको बताए । उनले सरकारले एक जना व्यापारीको फाइदा,केही राजनीतिक नेताहरुको कमिसन र शेयर सुरक्षाको लागि जनता माथि गोली चलाएर केबलकार बनाउन दिन खाजेको आरोप लगाए । उनले पाथीभरा मन्दिरमा केबलकारको आवश्यकता, स्थानीय जनताको फाइदा,मन्दिरको मौलिकताको सुरक्षा,सनातन परम्परामाथि आक्रमण र सुरक्षाका विषयमा विश्लेषण गरेर मात्रै केवलकार निर्माण कार्यअघि बढाउनुपर्नेमा जोड दिए । उनले सरकारले केबलकार निर्माण कार्य तत्काल रोक्नुपर्ने बताए । उनले केबलकार निर्माण कार्य रोक्दै सरकारले जनतामाथि गरिएको प्रहरी दमन रोकी सहज वातावरण र जनजीवनलाई सहज बनाउँदै आतंकको अन्त्य गर्न ध्यानाकर्षण गराए । उनले सरकार व्यवसायीको व्यक्तिगत लाभसँग सम्बन्धि विषयहरुमा मात्रै केन्द्रित हुँदै जाने र जनतालाई दमन गर्दै जाने हो भने राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिवाद गर्ने चेतावनी दिए ।

उनले भने,‘तोप्लेजुङमा सरकारले कुनै व्यापारीको फाइदा,केही राजनीतिक नेताहरुको कमिसन,शेयर सुरक्षाको लागि जनता माथि होली चलाएर,निर्मम दमन गरी पाथीभरा मन्दिरमा केबलकार बनाउन जरुरी छैन । केबलकारको आवश्यकता हो वा होइन । स्थानीय जनतालाई कति फाइदा गर्छ । केवलकारले त्यहाँको मौलिकताको सुरक्षा,सनादन परम्परामाथि आक्रमण  र सुरक्षा हुन्छ की हुँदैन । त्यसको विश्लेषण गरेर मात्रै केवलकार निर्माण कार्य अघि बढाउनुपर्छ । त्यस कारण अहिले केवलकार निर्माण कार्य तत्काल रोक्न तथा जनता माथि गरिएको प्रहरी दमन रोकी प्रहरीहरु फिर्ता गरी सहज वातावरण र जनजीवनलाई सहज बनाउँदै भय र आतंकको अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।  सरकारले व्यवसायीको व्यक्तिगत लाभसँग सम्बन्धि विषयहरुमा मात्रै केन्द्रित हुँदै जाने र जनतालाई दमन गर्दै जाने हो भने राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिवाद गर्छ । सरकारले दमन र निर्माण कार्य स्थगित गरेर वार्ता र सम्वादको वातावरण बनाउनुपर्छ । थुनामा रहेका मानिसहरुलाई छोड्नुपर्छ । घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था गर्नुपर्छ ।’

उनले सरकारले दमन र निर्माण कार्य स्थगित गरेर वार्ता र संवादको वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले सरकारसँग थुनामा रहेका मानिसहरुलाई छोड्न र घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था गर्न पनि माग गरे । —न्युज एजेन्सी नेपाल

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्