आईसीसी यू-१९ महिला टी-२० विश्‍वकपको उपाधि भारतले जित्यो

काठमाडौं – मलेसियामा सम्पन्न आईसीसी यू-१९ महिला टी-२० विश्‍वकपको उपाधि भारतले जितेको छ । फाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै भारतले लगातार दोस्रोपटक उपाधि जितेको हो । आइतबार सम्पन्न फाइनलमा भारतले दक्षिण अफ्रिकालाई ९ विकेटले हरायो । दक्षिण अफ्रिकाले दिएको ८३ रनको लक्ष्य भारतले ११.२ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्‍यो । तृशा गोंगदीले अविजित ४४ तथा सनिका चल्केले २६ रन बनाइन् । दक्षिण अफ्रिकाकी केला रेनेकेले १ विकेट लिइन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिका २० ओभरमा ८२ रनमा अलआउट भएको थियो । मिकी भान वूर्स्टले सर्वाधिक २३ रन बनाइन् । भारतकी तृशा गोंगदीले ३ विकेट लिइन् । त्यस्तै वैष्णवी शर्मा, परुनिका सिसोडिया र आयुषी शुक्लाले २-२ विकेट तथा शबनमले १ विकेट लिइन् ।

यसअघि सन् २०२३ मा भएको पहिलो संस्करणमा इंग्ल्याण्डलाई फाइनलमा हराउँदै भारत विजयी भएको थियो । यसपटक भारतले इंग्ल्याण्डलाई सेमिफाइनलमै हराउँदै लगातार फाइनलमा पुगेर उपाधि जितेको हो । नेपाल पनि पहिलोपटक यस विश्‍वकपमा सहभागी भएको थियो । नेपाल समूह चरणका सबै खेलहरूमा पराजित हुँदै अगाडि बढ्न सकेन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्