खो खो विश्वकप : महिलातर्फ नेपाल उपविजेता, भारतले जित्यो उपाधि

काठमाडौं – प्रथम खो खो विश्वकप को महिलातर्फ नेपाल उपविजेता बनेको छ । आइतबार भएको फाइनलमा घरेलु टोली भारतसँग पराजित भएपछि नेपाल उपविजेता बनेको हो ।

नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा भएको फाइनलमा नेपाल भारतसँग ७८-४० ले पराजित भएको हो । घरेलु कोर्टमा भारतीय महिला टोली अपराजित रहँदै च्याम्पियन बनेको हो । भारतले अट्याकिङमा उत्कृष्ट प्रदर्शन गर्दै अंक जोडेको थियो ।

महिलातर्फ नेपाल र भारत दुव‌ अपराजित रहँदै फाइनल पुगेका थिए । दुई अपराजित टिमबीचको फाइनल भिडन्तमा भारतले बाजी मारेको हो ।

नेपाल महिला खो खो टिम : सरस्वती कडायत (कप्तान), मानमती धामी, पुजा ओड, आशा थारु, दीपा बिक, निशा शाही, कर्माकुमारी शाही, कन्चन चौधरी, पुनम थारु, सम्झना विक, दीपाकुमारी बिक, खुश्बु राना, वर्षा पण्डित, गीता चौधरी, अनिसा गोले

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्