नेपाल भारत सीमा क्षेत्र तनावग्रस्त, सशस्त्र प्रहरीले गरे एक राउण्ड हवाई फायर

वीरगञ्ज – लकडाउनमा दुई भारतीय नागरिक नेपाल छिर्न खोजेपछि बाराको सुवर्ण गाउँपालिका– ३ कबहीगोठ पचगछिया क्षेत्र तनावग्रस्त बनेको छ । भारतीयले सशस्त्र प्रहरीको ड्युटी पोष्ट नै भत्काउन खोेजेपछि सशस्त्र प्रहरीले एक राउण्ड हवाई फायर समेत गरेको छ ।

भारतको बिहार राज्य अन्तर्गत पर्ने हनुमाननगर गाउँबाट दुईवटा गाडीसहित नेपाल प्रवेश गर्न खोजेका भारतीय नागरिकले हातपात र ढुंगामुढा गरेपछि सशस्त्र प्रहरीले हवाई फायर गरी भीडलाई नियन्त्रणमा लिएको थियो । नेपाली सुरक्षाकर्मीलाई भारतीयले आक्रमण गर्न खोजेपछि नेपालीहरु पनि प्रतिकारका लागि पुगेका थिए । दुवै देशका सुरक्षाकर्मीहरुले उनीहरुलाई सम्झाई बुझाई गरेर घर फर्काएका छन् ।

स्थानीयका अनुसार भारतको सीमावर्ती गाउँ हनुमाननगरका कतिपय बासिन्दाको खेतमा जान नेपालको बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ । त्यस क्षेत्रमा २०र२५ बिघा जमिनमा उनीहरुले बाली लगाएका छन् । लकडाउनपछि उनीहरुलाई नेपालतर्फ आउनमा रोक लगाइएको छ । एक(एक जना गरेर आउने भनेपनि नेपाली सुरक्षाकर्मीले नेपाल प्रवेश गर्न नमिल्ने अडान राख्दै आएका थिए । तर खेतमा तयार भएको तरकारी लगायतका बाली भित्र्याउन र नयाँ बाली लगाउन नपाएको भन्दै हनुमानगरका बासिन्दा आक्रोशित बनेका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्