दार्चुलामा भएको कृषि जन्य क्षतिबारे सांसद ठगुन्नाद्वारा मन्त्रालयको ध्यानाकर्षण, कामका लागि खाद्यान्न कार्यक्रम संचालन गर्न माग

काठमाडौँ – प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्नाले दार्चुलामा भएको कृषि जन्य क्षतिबारे मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।
बिहिबार कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुषाललाई सिंहदरबार स्थिति कार्यकक्षमै भेटर ध्यानाकर्षण गराएका हुन् । बुधबार दार्चुलामा परेको भीषण असिना पानीले जिल्लाका विभिन्न भेगमा भएको कृषि उपजको क्षतीले जिल्लामा खाद्य संकट हुनसक्ने भन्दै अविलम्ब क्षतिको विवरण संकलन गरि राहतको व्यवस्था गर्न माग गरेका छन् । उनले कामका लागि खाद्यान्न कार्यक्रम संचालन गर्न समेत माग गरेका छन् । जवाफमा कृषिमन्त्री भुषालले यसबारे मन्त्रालयमा छलफल गर्ने बताएको सांसद ठगुन्नाले उपहार खबरलाई जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्