कोरोना परीक्षणको रिपोर्ट नदेखाई संसद बैठकमा प्रवेश निषेध

काठमाडौं – कोरोना परीक्षणको ‘पोजेटिभ रिपोर्ट’ नदेखाई संघीय संसदका कुनै पनि सदस्य संसद बैठकभित्र प्रवेश गर्न नपाउने भएका छन् ।

सभामुख अग्नि सापकोटाको अध्यक्षतामा बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले कोरोनाको पीसीआर परीक्षणको रिपोर्ट देखाएरमात्र बैठक हलभित्र प्रवेश गर्न दिने निर्णय गरेको हो ।

नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीका अनुसार बिहीबार पीसीआर परीक्षण भएका सांसदहरुको रिपोर्ट ढिलोमा शुक्रबार विहानसम्म आइसक्ने र सो रिपोर्ट देखाएर मात्र सांसदहरुलाई बैठकमा प्रवेश गर्न दिइने सहमति भएको छ । संघीय संसदका दुवै सदनका सांसदहरुको परीक्षण भइरहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्