वैशाख २८ गतेबाट प्रि बजेट छलफल, सरकारको नीति तथा कार्यक्रम जेठ २ मा प्रस्तुत हुने

काठमाडौं – जेठ २ गते संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने भएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्न जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारी संसदमा आउने र नियमित प्रक्रियामै जाने तय भएको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।

नीति तथा कार्यक्रमपछि प्रिबजेट छलफल गर्नु उपयुक्त हुने भएपनि बजेट जेठ १५ मा पेश गर्नैपर्ने चापका कारण वैशाख २८ गतेबाटै प्रि बजेट छलफल हुने नेम्वाङले जानकारी दिए । संसदको बजेट अधिवेशन शुक्रवारबाट शुरु हुँदैछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्