CORONA

हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

सप्तरी – हात्तीको आक्रमणबाट सप्तरीको शम्भुनाथ नगरपालिकाकी एक महिलाको आज मृत्यु भएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीको समूहको आक्रमणबाट शम्भुनाथ नगरपालिका–२ स्थित भलुवाही टोलकी ३८ वर्षीया महिला जानकी मगरको मृत्यु भएको स्थानीय राजु जयसवालले बताए । जानकीको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल ल्याइएको छ ।

जायसवालका अनुसार तीनवटा हात्तीको समूहले लक्ष्मण मण्डल र बलराम इशरको घर भत्काएको छ । दुई दिनअघि हात्तीको समूहले अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ स्थित रामटोलका वीरेन्द्र राम, श्यामकुमार राम, लक्ष्मीदेवी राम र नारायण रामको घर तोडफोड गरेर खाद्यान्न खाई क्षति पु¥याएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्