प्रधानमन्त्रीद्वारा बुद्धको प्रतिमामा माल्यार्पण

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटार परिसरमा रहेको गौतम बुद्धको प्रतिमामा माल्यार्पण गरेका छन् ।

उनले २५६४औँ बुद्धजयन्तीको अवसरमा बुद्धको प्रतिमामा आज माल्यार्पण गरेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । सो अवसरमा प्रधानमन्त्रीसँगै उनकी धर्मपत्नी राधिका शाक्य पनि सहभागी थिइन् ।

सोही अवसरमा सरकारले आज साँझ ७ बजे दीप प्रज्वलन गर्न देशवासीलाई आह्वान गरेको छ । –रासस 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्