काठमाडौँ – सुनको मूल्यमा दिनहुँ नयाँ रकेर्ड बनिरहेको छ। बिहीबार सुन प्रतितोला एक हजार रूपैयाँले बढेर एक लाख ७१ हजार रूपैयाँमा कारोबार भइरहेको छ।
बुधबार प्रतितोला सुनको मूल्य एक लाख ७० हजार रूपैयाँ थियो। बिहीबार चाँदीको मूल्य भने सामान्य घटेको छ। चाँदीको मूल्य प्रतितोला दुई हजार ९० रूपैयाँ छ।
बुधबार चाँदीको मूल्य तोलाको दुई हजार एक सय रूपैयाँ थियो। बिहीबार अन्तराष्ट्रिय बजारमा सुन प्रतिऔंस दुई हजार सात सय ८३ डलरमा कारोबार भएको छ।