मुस्ताङको कोरला नाकामा अध्यागमन कार्यालय स्थापना, व्यापारिक कारोबारमा सहज हुने

File Photo

काठमाडाैँ – माथिल्लो मुस्ताङको लोमान्थाङमा रहेको कोरला नाकामा अध्यागमन कार्यालय स्थापना भएको छ । चीनसँग सीमा जोडिएको यो स्थानमा अध्यागमन कार्यालय स्थापना गरेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

अबको केही दिनमै अध्यागमन कार्यालयको औपचारिक उद्घाटन गर्ने तयारी छ । कार्यालय सञ्चालनमा आएपछि विशेषगरी भेडा च्याङ्ग्रा आयात÷निर्यातमा सहज हुनुका साथै नाकामा आउजाउ तथा व्यापारिक कारोबार सजिलो हुने छ ।

अहिले मुस्ताङवासी मात्र नाका प्रवेश अनुमतिपत्र लिएर आउजाउ गर्ने गरेका छन् । अध्यागमन कार्यालय सञ्चालनमा आएपछि सबै नेपालीले भिसा लगाएर नाका वारपार गर्न पाउने छन् । चिनियाँ पर्यटक पनि भिसा लगाएर यही नाका हुँदै मुस्ताङ आउन पाउने छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्