गैरआवासीय नेपालीका कारण हाम्राे राष्ट्रियता बलियो बनेकाे छ: गृहमन्त्री लेखक

 

काठमाडौं – गृहमन्त्री रमेश लेखक गैरआवासीय नेपाली नेपालका अवैतानिक राजदूत भएकाे बताउनु भएकाे छ । गैरआवासीय नेपाली दिवस तथा वार्षिक साधारण सभा कार्यक्रममा गृहमन्त्री लेखकले गैरआवासीय नेपालीले नेपालकाे राष्ट्रियता बलियो पनउ बनाएकाे बताउनु भएकाे हाे ।

“नेपालका लागि केही गर्न उदेश्य राख्नु भएकाे छ । जुन देशको नागरिक भएपनि नेपाली हुँ भनिराख्नु भएकाे छ,” उहाँले भन्नुभयाे, “गैरआवासीय नेपाली अवैतानिक राजदूत हुनुहुन्छ । तपाईंहरु रहेकाे देशमा तपाईंकाे अनुहार र व्यवहारमा नेपाल देख्छन् । तपाईंले संसारफैलिँदा नेपालकाे राष्ट्रियता बलियो बनाएकाे छ ।”

गैरआवासीय नेपालीको उदेश्य नेपालकाे आर्थिक उन्नति भएकाे भन्दै संसारमा नेपालीहरुले उत्कृष्ट काम गरिरहेकाे गृहमन्त्री लेखकले बताउनु भयाे । “त्याे उत्कृष्टता नेपालका लागि पनि काम लाग्नुपर्छ । तपाईंकाे अनुभव र शिक्षा नेपालका लागि उपयोग गर्नुपर्छ । त्यसका लागि हामी वातावरण बनाउन लाग्छाैँ,” उहाँले भन्नुभयाे ।

यस्तै गैरआवासीय नेपालीकाे आर्थिक समाजिक र सांस्कृतिक अधिकारकाे सम्बाेधन गर्न सरकार कानुन संशोधनकाे तयारीमा रहेकाे गृहमन्त्री लेखकले बताउनुभयाे । “तपाईंहरु पनि त्यसरी नै आउनुहाेस् । कानुन संशोधनका लागि हामीले गृहकार्य गरिरहेका छाैँ । तपाईं पनि गृहकार्य गरेर आउनुहोस्,” उहाँले भन्नुभयाे ।

लाेकतन्त्र अनुशासनकाे पद्धति भएकाे भन्दै लाेकतन्त्र अराजकता नभएको गृहमन्त्रीले बताउनु भयाे ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्