रसुवागढी केरूङ अन्तर्राष्ट्रिय राजमार्ग सोमबारदेखि सञ्चालनमा आउने

रसुवा – रसुवागढी केरूङ अन्तर्राष्ट्रिय राजमार्ग यही सोमबारदेखि सञ्चालनमा ल्याउने तयारी भएको छ । अविरल वर्षाका कारण बन्द  रहेको उक्त नाका खोल्ने चिनियाँ पक्षले तयारी गरेको छ ।

गत असोज १२ गतेदेखि अवरूद्ध चिनियाँ भूभागको सडक आइतबारसम्म पुनर्निर्माण सम्पन्न गरी सोमबारबाट यातायात सञ्चालनमा ल्याउने तयारी भएको छ । रसुवागढी–केरूङ खण्डअन्तर्गत ठोङ्सा नजिक चिनियाँ पाखामा पहिरो जाँदा अवरूद्व भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्