रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, यी एजेण्डामा हुनेछ छलफल

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्दै छ। शनिबार दिउँसो १ बजे चःमतिस्थित पार्टी कार्यालयमा केन्द्रीय समितिको औपचारिक बैठक हुने रास्वपाले जनाएको छ।

शुक्रबार बसेको अनौपचारिक छलफलबाट शनिबार केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेअनुसारस शनिबार बैठक बोलाइएको हो।

बैठकमा छलफलका लागि तीन विषय तोकिएको छ। समसामयिक राजनीतिक गतिविधि, आगामी कार्यदेश र विविध विषयमा छलफल हुने रास्वपाले जनाएको छ।

सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाको नियमित गतिविधि ठप्प भएको थियो। पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मका नेताहरू पोखरामा आन्दोलनमा केन्द्रीत थिए। अहिले आन्दोलन पोखराबाट काठमाडौंकेन्द्रीत गरेको छ। आजको बैठकले आन्दोलनको स्वरूपबारे पनि छलफल गर्ने रास्वपाले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्