सबै सरकारी कार्यालयमा १० मिनेट डेंगीविरुद्धको अभियान सञ्चालन गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ – सरकारले शुक्रबार देशैभरका सबै सरकारी कार्यालयहरूमा डेंगी नियन्त्रणका लागि सरसफाई अभियान चलाउने निर्णय लिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले सबै सरकारी कार्यालयहरूमा डेंगी नियन्त्रणका लागि सरसफाई अभियान चलाउने निर्णय लिएको बताउनुभयो ।

सरकारी कार्यालयमा रहेको ग्यारेज सहितका स्थानहरूमा प्रयोगविहीन टायर वा सवारी साधनमा पानी जमेर बसेका ठाउँमा सफाइ गर्ने तथा कार्यालय वरिपरिको क्षेत्रमा सरसफाई गर्नुपर्नेछ ।

डेंगी संक्रमणको बढ्दो स्थितिलाई हेर्दै स्वास्थ्य मन्त्रालयले लगेको त्यस्तो प्रस्ताव उपर मन्त्रिपरिषदले निर्णय लिएको छ । जस अनुरुप शुक्रबार १० बजे १० मिनेट सबै सरकारी कार्यालयमा सरसफाई अभियान चलाउने भनेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्