रवि लामिछाने, जिबी राई, छविलाल जोशीलाई पक्राउ गर्न रुपन्देही जिल्ला अदालतको अनुमति

काठमाडाैं – रवि लामिछानेसहित अध्यक्ष गितेन्द्रबाबु (जिबी) राई, उपाध्यक्ष छविलाल बञ्जाडे जोशी पक्राउ गरी संगठित अपराधमा अनुसन्धान गर्न रुपन्देही जिल्ला अदालतले बिहीबार अनुमति दिएको छ । सहकारी ठगीसम्बन्धी अनुसन्धानमा पक्राउ परी प्रहरी हिरासत पोखरामा रहेका गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने, जीबी राई, छबिलाल जोशीसहित अन्य १२ जनालाई पक्राउ अनुमति दिएको छ ।

जिल्ला अदालतका न्यायाधीश श्यामप्रसाद श्रेष्ठको इजलासले उनीहरुलाई पक्राउ गरेर अनुसन्धान गर्ने अनुमति दिएको हो । पोखरा प्रहरी हिरासतमा रहेका छवि र रविलाई थप अनुसन्धानका लागि कास्की जिल्ला अदालतले बिहीबार नै ७ दिनको म्याद दिएको छ । सम्भवत: रविलाई शुक्रबार रुपन्देही ल्याउने तयारी भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्