एमालेले पाएको जग्गादानका विषयमा सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं – नेकपा एमालेले पाएको जग्गादानका विषयमा सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाइ हुँदै छ । व्यवसायी मीनबहादुर गुरुङले एमालेलाइ जग्गा दिएपछि अधिवक्ता डा. ज्ञान बस्नेतले रीट हालेका थिए ।

सुरुमा यो रिट सर्वोच्चका रजिष्ट्रार भद्रकाली पोखरेलले दरपीठ गरिदिएका थिए । तर दरपीठविरुद्ध परेको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले मुद्दा दर्ता गर्न आदेश दिएको थियो ।

उक्त रिट न्यायाधीश नहकुल सुवेदीको इजलाशमा परेको छ । उक्त रिटको पेशी १२ औं नम्बरमा छ ।

कीर्तिपुर नगरपालिकाको मैत्रीनगरमा १० रोपनी १४ आना जग्गामा दशैंको अष्टमीको दिन अर्थात् असोज २५ गते प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र गुरुङ दम्पत्तिले भवन शिलान्यास गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्