न्युजिल्यान्डका अलराउन्डर जेम्स निसम एनपिएल खेल्न नेपाल आउने

काठमाडाैँ – न्युजिल्यान्डका अलराउन्डर जेम्स निसम नेपाल प्रिमियर लिग (एनपिएल) का लागि नेपाल आउने भएका छन्। उनी जनकपुर बोल्ट्सको टोलीबाट खेल्नेछन् ।

पाकिस्तानका हुसेन तलातलाई कर्णाली याक्समा भित्र्याएसँगै एनपिएल खेल्न आउने टेस्ट राष्ट्रका दोस्रो खेलाडीको रुपमा जेम्स निसम भएका छन् ।

३४ वर्षीय जेम्सले भारतको आइपिएल टोली राजस्थान रोयल्यसहित पञ्जाब र मुम्बईबाट समेत खेलेका थिए। यस्तै उनले अस्ट्रेलियाको बिग ब्यास लिग, पाकिस्तान सुपर लिग, क्यारेबियन प्रिमियर लिग र बंगलादेश प्रिमियर लिग समेत खेलेका छन्। यस्तै उनले इंग्ल्यान्ड द हन्ड्रेड पनि खेलेका छन्। एनपिएल आगामी मंसिर १५ देखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सञ्चालन हुनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्