बीपी राजमार्गको धुलिखेलदेखि भकुण्डेबेँसीसम्म चौबीसै घण्टा गाडी चलाउन मिल्ने

काठमाडाैँ – पूर्वी क्षेत्रका लागि अति नै छोटो राजमार्गको रुपमा लिइने बीपी राजमार्गको धुलिखेलदेखि भकुण्डेबेँसीसम्म चौबीसै घण्टा गाडी चलाउन मिल्ने भएको छ । सडक डिभिजन कार्यालय भक्तपुरले सूचना निकालेर धुलिखेल–भकुण्डेबेँसी सडक खण्डमा चौबीसै घण्टा गाडी चलाउन मिल्ने जनाएको हो ।

यसअघि असोज दोस्रो हप्ताको अविरल वर्षापछिको बाढीपहिरो कारण क्षति भएको बीपी राजमार्गअन्तर्गको धुलिखेल–भकुण्डेबेँसी–बर्खेखोला सडक खण्डमा बेलुकी ६ बजेदेखि बिहान ४ बजेसम्म गाडी सञ्चालनमा रोक लगाइएको थियो ।

सडक डिभिजन कार्यालयले असोज ३० गतेदेखि सडक खण्ड रातको समयमा बन्द गरेको हो ।‍ राजमार्गको कूल एक सय ६० किलोमिटरमध्ये तेस्रोखण्ड सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किलोमिटर र चौथोखण्ड नेपालथोकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किलोमिटर गरी ८४ किलोमिटर सडकको विभिन्न ठाउँमा बढी क्षति पुगेको कार्यालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्