माओवादी सहितका विपक्षी दलहरुले आज राष्ट्रपतिको समेत ध्यानाकर्षण गराउने

काठमाडौं – नेकपा माओवादी केन्द्रसहितका विपक्षी दलहरुले आज राष्ट्रपति रामचन्द्र पौडेलको समेत ध्यानाकर्षण गराउने भएका छन् । सरकारका कामकारबाहीबाट असन्तुष्ट दलहरुले ध्यानाकर्षण गराउन आज अपराह्न चार बजे शीतल निवासमा जाने तयारी गरेका छन् ।

यसअघि माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी पार्टी र आम जनता पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्