मोबाइलमा म्यासेज गरी धम्की दिएर पैसा मागेको आरोपमा एक जना पक्राउ

काठमाडाैँ –  मोबाइलमा म्यासेज गरी धम्की दिएर पैसा मागेको आरोपमा प्रहरीले काठमाण्डौबाट एक जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका–८ बस्ने ३२ वर्षीय आकाश तामाङ रहेका काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

तामाङले चिनियाँ नागरिकले सञ्चालन गरेको कम्पनीको म्यानेजरको मोबाइलमा म्यासेज पठाएर डेढ लाखदेखि दुई लाख रुपैयाँसम्म सहयोग चाहिएको र पैसा नदिएमा कम्पनीमा बम विस्फोट गराउने धम्की दिएका थिए ।

तामाङलाई कम्पनीबाट पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाण्डौ ल्याइएको छ । तामाङ त्यही कम्पनीका लेबरका रूपमा काम गर्ने कर्मचारी रहेको खुलेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्