बुद्धिजीवी संगठनद्वारा बाढीपहिरो पीडितको सहयोगका लागि भन्दै पाँच लाख २५ हजार सहयोग

काठमाडौं – नेकपा माओवादी केन्द्र निकट नेपाल बुद्धिजीवी संगठनले पार्टी अध्यक्ष प्रचण्डलाई सहयोग रकम हस्तान्तरण गरेको छ । बाढीपहिरो पीडितको सहयोगका लागि भन्दै पाँच लाख २५ हजार रुपैयाँको चेक अध्यक्ष प्रचण्डलाई हस्तान्तरण गरेको हो ।

माओवादी केन्द्रले स्थापना गरेको केन्द्रीय राहत कोषमा उक्त रकम रहनेछ । चेक ग्रहण गर्दै अध्यक्ष प्रचण्डले बाढीपहिरो पीडितको सहयोगका लागि बुद्धिजीवी संगठनको सहयोगी हात आगामी दिनमा समेत रहने भन्दै धन्यवाद व्यक्त गर्नुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्