उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्पताल भर्ना

काठमाडौं – उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्पताल भर्ना भएका छन् । हर्नियाको शल्यक्रियाका लागि उहाँ मङ्गलबार साँझ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका हुन् ।

उपराष्ट्रपतिका निजी चिकित्सक डा शिवजीविक्रम सिलवालका अनुसार उहाँको आज शल्यक्रिया गरिने छ । उपराष्ट्रपति यादव लामो समयदेखि हर्नियासम्बन्धी समस्याबाट पीडित थिए । शल्यक्रिया प्राध्यापक डा रमेशसिंह भण्डारी र सहप्राध्यापक डा सुमिता प्रधानले गर्ने सचिवालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्