रवि पक्राउको विरोधमा रास्वपाले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन

काठमाडौं –  रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको छ ।

सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि लामिछाने पक्राउ परेपछि रास्वपा कार्यकर्ताले सभापतिविरुद्ध सरकारले राजनीतिक प्रतिशोध लिएको भन्दै विरोध जनाएका हुन् । प्रतिशोधको राजनीति बन्द गर, नडराउ रवि दाइ जनता तिम्रो साथमा छ जस्ता पम्पलेट बोकेर बिरोध गरेका हुन् ।

रास्वपा नेता, कार्यकर्ता र समर्थकको ठूलो संख्या माइतीघर मण्डलको सडकमा भेला भएका छन् । उनीहरुले सरकार र प्रधानमन्त्री विरुद्ध पनि नाराबाजी गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्