चार महिनामै भारतीय प्रधानमन्त्री माेदीकाे दोस्रो रुस भ्रमणप्रति पश्चिमा देशहरूको चासो

काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरि रुस भ्रमणमा जाने भएका छन् । यही अक्टोबर २२ देखि २४ तारिखमा रुसको कजान शहरमा हुने ब्रिक्स सम्मेलनमा भाग लिन उनी रुस जान लागेको बीबीसी हिन्दीले जनाएको छ ।

प्रधानमन्त्री मोदीले चार महिनामै दोस्रो पटक रुसको भ्रमण गर्न लागेका हुन् । उनले गएको जुलाईमा पनि रुसको भ्रमण गरेका थिए। रुस भारतका लागि पेट्रोलियम पदार्थ र हतियारको महत्त्वपूर्ण आपूर्तिकर्ता हो । तर युक्रेन युद्धका कारण रुस पश्चिमा देशहरूसँग टाढा भइरहेको र चीनसँगको बढ्दो सम्बन्धले रुस र भारतबीचको सम्बन्धमा प्रश्न उठाएको छ ।

भारतले युक्रेनमा रुसी युद्धको विरोध गरेको छैन । दुई देशबीचको युद्धको शान्तिपूर्ण समाधानका लागि मध्यस्थता गर्न भारतले प्रस्ताव गर्दै आएको छ । युरोपमा पुराना खरिदकर्ताहरूले छोडेको अवस्थामा भारत रुसी कच्चा पेट्रोलियम पदार्थको मुख्य ग्राहक बनेको छ ।

मोदीको रुस भ्रमणलाई पश्चिमा सञ्चारमाध्यमहरूले प्राथामिकताका साथ चर्चा गरिरहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्