पक्राउ परेपछि रवि लामिछानेले के भने ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राज्यले आफूमाथि पूर्वाग्रह राखेको आरोप लगाएका छन् ।

सहकारी ठगीको मुद्दामा अनुसन्धानका लागि प्रहरीले पूर्व गृहमन्त्री लामिछानेलाई पार्टी कार्यालयबाटै नियन्त्रणमा लिएको छ । प्रहरीले नियन्त्रणमा लिएपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिने क्रममा लामिछानेले आफूले कुनै अपराध नगरेको दाबी गरे ।

तर यो सरकार बनाउने निर्णय भएको थियो, त्यो दिनमा आफूलाई जसरी पनि पक्राउ गर्ने तय भएको भन्दै उनले भने, ‘अदालत प्रक्रियामा सम्मान गर्न चाहन्छु । तर राजनीतिक पूर्वाग्रहमा खुलेर लड्न आग्रह गर्छु ।’ उनले राज्यको दादागिरी डटेर सामाना गर्ने साहस मिलोस् भन्ने कामना समेत गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्