अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दियो

काठमाडौं – क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएको छ ।  भिसा पाएसँगै लामिछाने आजै बेलुका अमेरिका प्रस्थान गर्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । क्रिकेट वर्ल्डकप लिग टू सिरिजका लागि  अमेरिका प्रस्थान  गर्न लागेका हुन् ।

लिग टू अन्तरगत अमेरिका, स्कटल्याण्ड र नेपालको सिरिज अक्टोबर २५ देखि सुरु हुनेछ । नेपालले २७ अक्टोबरमा घरेलु टोली अमेरिकासँग खेल्ने तालिका छ ।

नेपाली टोलीका अरु सदस्य अमेरिकामै छन् । लिग टूको क्यानडा सिरिज खेलेर अरु खेलाडी अमेरिका गएका थिए । नेपाली टोलीले अमेरिकासँग टी–२० सिरिज खेलिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्