सरकारले दल फुटाउन अध्यादेश ल्याउने तयारी गरेको भन्दै विपक्षी दलहरुमा तरंग

काठमाडौँ – सरकारले दल फुटाउन अध्यादेश ल्याउने तयारी गरेको भन्दै विपक्षी दलहरुमा तरंग मच्चिएको छ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार नयाँ बानेश्वरस्थित संसद् भवनमा बोलाएको विपक्षी दलहरूको बैठकमा उक्त विषयमा ’गम्भीर छलफल’ भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याएर सरकारमै रहेका साना दलसमेत फुटाउन लागेको भन्ने आशंका आफूहरूलाई लागेको नेताहरुले बताए ।

बैठकमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले आफुलाई उक्त कुरामा आशंका लागेको बताए ।

समसामयिक विषयमा छलफल गर्न भन्दै प्रतिपक्षी दलका नेता समेत रहेका दाहालले शुक्रबार विपक्षी दलहरूको बैठक बोलाएका थिए । बैठकमा रास्वपा, राप्रपा, एकीकृत समाजवादी, जसपा, नेपाल, लोसपा र आजपाका नेताहरू सहभागी थिए । लोसपा चाहिँ सत्तारुढ दल हो । बैठकमा रास्वपा सभापति लामिछाने, उपसभापतिद्वय स्वर्णीम वाग्ले र डोलप्रसाद अर्याल, सांसदहरू विराजभक्त श्रेष्ठ, सुमना श्रेष्ठ र शिशिर खनाल सहभागी थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्