बंगलामुखि बचत तथा ऋण सहकारी संस्थाको १४ औ साधारणसभा सम्पन्न

घोराही – बंगलामुखि बचत तथा ऋण सहकारी संस्थाको १४ औ साधारणसभा सम्पन्न भएको छ । आज नाराएणपुर उद्योग बाणिँज्य संघको सभाहलमा एक कार्यक्रमको आयोजना गरेर संस्थाले १४औ साधारणसभा सम्पन्न गरेको हो । सिसा नेपालको आयोजना कारीतास नेपालको आर्थिक सहयोगमा बिस्थापित पुनस्र्थापना परीयोजना अन्तर्गत मानव अधिकार संरक्षणका सवालमा आर्थिक तथा सामाजिक परीयोजनाबाट संचालित बंगलामुखि बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १४ औ साधारण सभा सम्पन्न गरेको हो । २०६८ सालमा ५० जना सदस्यबाट ५० हजार रकमसहित संचालनमा आएको बंगलामुखि बचत तथा ऋण सहकारी संस्थामा अहिले २२० जना सदस्य रहेका छन भने ९२ लाख पुजि रहेको संस्थाको ब्यबस्थापक राधा अधिकारीले जानकारी दिनुभयो । पिछडिएका दिदिबहिनिहरुलाई आर्थिक प्रगतिका लागि महिलाका सवालमा अगाडि ल्याउन संस्थाले लगानि गरेको संस्थाकि अध्यक्ष राधा कुमारी शर्माले बताउनुभयो । यस्तै संस्थाकि सल्लाहकार साजिदा सिद्धिकिले कृषितर्फ जागरुक हुदै खालिसमय सदुपयोग गर्दै आर्थिक आयआर्जनको बाटो रोज्नुपर्ने बताउनुभयो । कार्यक्रमको प्रमुख अतिथि समेत रहेकि सिद्धिकिले आर्थिक पाटोमा नजोडिदा आर्थिक अबस्था खलबलिने र शारीरीक तथा मानसिक तनाव हुनुको साथै डिप्रेसनको सिकार बन्न सक्ने भन्दै यस खालको समस्याबाट बच्न महिलाहरुलाई ब्यस्त बनाई आयश्रोत बढाउने गरी संस्थाले काम गरेको बताउनुभयो । आगामि दिनमा बिभिन्न सिपमुलक तालिमको आयेजना गरी महिलाहरुलाई आत्मनिर्भर बनाउनुपर्ने समेत सुझाव दिनुभयो । यस्तै बंगलमुखि बचत तथा ऋण सहकारी संस्था गरीव तथा निमुखाहरुको सारथि बन्नेमा पनि विश्वास ब्यक्त गर्नुभयो । १४ औ साधारणसभाको अवशरमा संस्थाले बिभिन्न ब्यक्तिहरुलाई सम्मान समेत गरेको छ । सम्मान हुनेहरुमा समयमै ऋण तिर्ने बेलमति बिक , संस्थाबाट कर्जा लगि बिभिन्न कृषि पेशामा सफलहुने सपना हमाल र संस्थाकै बृद्धा सदस्य खिमा सुनार रहनुभएको थियो । उँहाहरुलाई प्रमुख अतिथि साजिदा सिद्धिकिले खादा ओढाएर सम्मान गर्नुभएको थियो । संस्थाकि अध्यक्ष राधा कुमारी शर्माको अध्यक्षतामा तथा सल्लाहकार साजिदा  सिद्धिकिको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको संचालन सचिव उर्मिला चौधरीले गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्