दुई तिहाइको सरकार कामचलाउ जस्तो देखियो : रास्वपा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले दुई तिहाइको सरकार कामचलाउ जस्तो देखिएको बताएको छ ।

सरकारले आत्मविश्वास र दक्षता स्खलित हुँदा दुई तिहाइको सरकार कामचलाउ जस्तो देखिएको बताएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको एक सय दिन पुग्न लागेको सन्दर्भमा धारणा सार्वजनिक गर्दै रास्वपाले सरकारले घोषित प्रतिबद्धता पुरा गर्ने संकेत समेत देखाउन नसकेको बताएको छ ।

रास्वपाका कार्यबहाक प्रवक्ता मनिष झाद्वारा जारी विज्ञप्तिमा विपद्को पूर्व तयारीमा चुकेको सरकार व्यवस्थापनमा पनि असफल भएको उल्लेख छ । रास्वपाले मुद्दा खेपिरहेका विवादित व्यापारीबाट करोडौँ मूल्य पर्ने जग्गा दान लिएर सत्ताको नेतृत्व गर्ने दल नै स्वार्थको द्वन्द्वको डरलाग्दो अभ्यास गरेबाट नै सुशासनको अडान धरमराएको बताएको छ ।

रास्वपाले संवादहीनतामा लोकतन्त्र फस्टाउन नसक्ने बताएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्