डडेल्धुरामा पवनदुत यातायातको बस दुर्घटना, चार जनाको मृत्यु, १२ जना घाइते

महेन्द्रनगर –  डडेल्धुरामा यात्रुवाहक बस दुर्घटना भएको छ । दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

महेन्द्रनगरबाट बैतडीको पुर्चौडीतर्फ गइरहेको पवनदुत यातायातको ना८ख१०७८ नम्बर बस अमरगढी नगरपालिका–७ को खसरेखानमा गएराति दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा पुर्चौडी नगरपालिका–३ का ४५ वर्षीया जैमती बोहोरा, २१ वर्षीया कमला बोहोरा, उनका दुई दिने नाबालक शिशु र २२ वर्षीय सहदेव बोहोराको मृत्यु भएको छ ।

बस थियो । बसमा १७ जना सवार रहेकोमा एक जना सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका १२ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्