सुनको मुल्यमा भारी वृद्धि, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ –  मंगलबार अर्थात दशैं पछिको पहिलो कारोबार दिन नेपाली बजारमा सुन र चाँदीको बढेको छ ।

यस दिन सुनको मूल्य प्रतितोला एक हजार ४०० रुपैयाँ बढेको छ भने चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महसंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भएको छ । दशैं पूर्व गत असोज २३ गते छापावाल सुन एक लाख ५९ हजार १०० रुपैयाँमा कारोबार कारोबार भएको थियो

त्यस्तै, यस दिन चाँदी प्रतितोला २५ रुपैयाँले बढेर एक हजार ९२५ रुपैयाँमा कारोबार भईरहेको छ । गत असोज २३ गते बुधबार चाँदीको मूल्य तोलामा हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्