लागूऔषध सहित दार्चुलामा एक जना पक्राउ

दार्चुला – महाकाली नगरपालिका-४ राधाकृष्ण चोकस्थित पारस वियर बार एण्ड फाष्ट फुड होटलबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ करिब ५३ ग्राम ४० मिलिग्राम, डिजिटल तराजु १ थान र मोबाइल १ थान सहित होटल संचालक दुहुँ गाउँपालिका-२ हिकिला बस्ने ४४ वर्षीय कलम सिंह डडाललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त होटलमा चरेशको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।

 यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्