अरनिको राजमार्ग एकतर्फी खुल्यो

FILE PHOTO

काठमाडौं – अरनिको राजमार्ग एकतर्फी खुलेको छ । काभ्रेको पाँचखाल नगरपालिका–८, पचासकिलो भन्ने स्थानमा गएराति सुख्खा पहिरो खसेपछि अवरुद्ध भएको सडक पहिरो पन्छाएपछि एकतर्फी खुलेको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले स्थानीय तह र सडक विभागसँग समन्वय गरी पहिरो पन्छाएपछि आज बिहान ९ बजेदेखि सडक एकतर्फी खुलेको जानकारी दिए । बाटो दुईतर्फी नै खुलाउने प्रयास भइरहेको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्