विश्व बैंकले नेपाललाई विपद् प्रतिरोध क्षमता विकास गर्न झन्डै २० अर्ब रुपैयाँ ऋण दिने

काठमाडौँ  – विश्व बैंकले नेपाललाई विपद् प्रतिरोध तथा यससम्बन्धी क्षमता विकास गर्न १५ करोड अमेरिकी डलर अर्थात् झन्डै २० अर्ब रुपैयाँ ऋण दिने भएको छ । बैंकको कार्यकारी निर्देशक बोर्डले नेपाल सरकारलाई प्राकृतिक वा जलवायुजन्य विपद् तथा आपत्कालको अवस्थामा उपयोग गर्न सहुलियत ऋण स्वीकृत गरेको हो ।

नेपाल विपद् प्रतिरोधात्मक विकास नीति ऋण नामक यस कार्यक्रमले विपद् प्रतिरोधात्मक क्षमता बढाउन नीतिगत सुधारलाई सहयोग गर्ने र प्रभावकारी आपत्कालीन प्रतिकार्यका लागि संस्थागत संयन्त्रलाई सुदृढ बनाउने उद्देश्य राखेको छ । यो सहयोगले पूर्वसूचना प्रणालीलाई सुधार गर्ने, जोखिम न्यूनीकरणका लागि नीति, संस्था र नियामक संरचना निर्माण गर्ने र सार्वजनिक स्वास्थ्य आपत्कालीन तयारीलाई थप मजबुत पार्न मद्दत गर्ने विश्व बैंकले जनाएको छ ।

बाढी पहिरोलगायत प्राकृतिक प्रकोप, अन्तर्राष्ट्रिय समुदायको गतिविधिका कारणले मौसममा आएको प्रभाव वा स्वास्थ्य वा सामाजिक क्षेत्रमा आउने विपत्ति सामना गर्न विश्व बैंकले यस्तो ऋण दिने गर्छ । विश्व बैंकले स्वीकृत गरेको ऋण नेपालले आफूले चाहेको समयमा लिन सक्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्