दशैँ अवधिमा हालसम्म ५ लाखभन्दा बढी मान्छेले काठमाडौं छाडे

काठमाडौं – दशैँ अवधिमा हालसम्म ५ लाखभन्दा बढी मान्छेले काठमाडौं छाडेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार ५ लाख ६ हजार ५२५ जनाले काठमाडौं उपत्यका छाडेका हुन् ।

दशैंको अवसरमा घर फर्कने यात्रुहरुलाई लक्षित गरेर ट्राफिक प्रहरीले यात्रु सहायता कक्ष सञ्चालन समेत गरेको छ । मंगलबारसम्म मात्रै बढी भाडा लिएको आरोपमा ३१ जनालाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाइएको उनले बताए ।

यसका साथै हवाईमार्गबाट पनि यो पटक उत्तिकै यात्रुहरु काठमाडौंबाट बाहिरिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्