आज रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले आज (सोमबार) रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ।
पेट्रोल एक रुपैयाँ र डिजेल तथा मट्टीतेल दुई रूपैयाँले घटेको छ ।  यसैगरी हवाई इन्धनतर्फ आन्तरिकमा छ रूपैयाँ र बाह्यतर्फ प्रतिहजार लिटरमा ४५ रूपैँया घटेको छ । यसैगरि खाना पकाउने एलपी ग्याँसमा प्रति सिलिन्डर ४१ रूपैयाँ बढेर आएपनि चाडपर्वलाई लक्षित गरेर यथावत राखिएको छ ।
सोमबार दिउँसो इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट मुल्य घटेर आएपछि नेपाली बजारमा मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्