बनेपामा रिसोर्टमा झुन्डिएको अवस्थामा युवक मृत फेला

काठमाडौँ – काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका, सागास्थित पुतलिघर रिसोर्टमा एक युवक मृत अवस्थामा फेला परेका छन्। इलाका प्रहरी कार्यालय बनेपाका डिएसपी लालध्वज सुवेदिका अनुसार युवक झुन्डिएको अवस्थामा देखिएका थिए, तर घटनास्थलमा डोरी चुडिएको पाइएको छ। मृतकको उमेर २५ देखि ३० वर्षको बीचमा अनुमान गरिएको छ। डिएसपी सुवेदीले दिएको जानकारीअनुसार शवको अवस्था हेर्दा युवकको मृत्यु लगभग २८ घण्टा अगाडि भएको अनुमान गरिएको छ। हालसम्म मृतकको परिचय खुलेको छैन र थप अनुसन्धान जारी छ। मृतकको शवलाई पोष्टमार्टमका लागि पठाइएको छ र आधिकारिक जानकारी पोष्टमार्टमपछि मात्रै आउने बताइएको छ। घटनाबारे थप जानकारी जुटाउन प्रहरीले अनुसन्धानलाई तीव्र बनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्