‘भायनेट महा महोत्सव’ अफर सार्वजनिक

काठमाडौं– भायनेट कम्युनिकेसनले ‘भायनेट महा महोत्सव’ अफर सार्वजनिक गरेको छ । ग्राहकका लागि थप स्पिड, बचत र रोमाञ्चक अफर ल्याउँदै अफरलाई थप आकर्षक बनाइएको कम्पनीले जनाएको छ । अफरअन्तर्गत ग्राहकले आठ हजार नौ सय ९० रुपैयाँमा १२५ एमबिपिएसको सट्टा दुर्ई सय एमबिपिएस स्पिड प्राप्त गर्न सक्नेछन् ।

हाल १२५ एमबिपिएस सब्स्क्राइब गर्ने वार्षिक ग्राहकलाई दुई सय एमबिपिएसमा अपग्रेड गरिसकेको कम्पनीले जनाएको छ । साथै कम्पनीले ग्राहकको घरभरि वाइफाइ कभरेज बढाउन जेडटिइको ‘मेस वाइफाई’ मा अफर ल्याएको छ । ग्राहकले मेस वाइफाई राउटरमा दुईवटा सेटलाई एउटाको मूल्यमा पाउनेछन् । जसका लागि तीन हजार रुपैयाँ (भ्याटसहित) अतिरिक्त तिर्नुपर्ने कम्पनीले जनाएको छ ।

मेस अफर भायानेटका दुई सय एमबिपिएस वा माथिका वार्षिक ग्राहकलाई मात्र सीमित रहेको छ । त्यसैगरी तीन महिनाभन्दा माथि नवीकरण अथवा नयाँ जडान गर्ने ग्राहकले ग्लोबल नम्बर २ टिभी ब्राण्ड, हाइसेन्सको टिभी, फ्रिज, वासिङ मेसिनजस्ता इलेक्ट्रोनिक्सहरूमा २८ प्रतिशतसम्मको छुट पनि पाउने कम्पनीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्