अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा

काठमाडौँ  । माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन यही असोज १० देखि सुरु हुने भएको छ ।

असोज १० देखि १२ गतेसम्म काठमाडौंमा हुने सम्मेलनको उद्घाटन प्रदर्शनीमार्गस्थित वाल्मीकि क्याम्पसको प्रांगणमा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने छन् ।

सम्मेलनअन्तर्गत ११ गते विधान प्रतिवेदन प्रस्तुत हुने र १२ गते नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने बताइएको छ । यसअघि तय भएको सम्मेलन नेतृत्वबीच सहमति हुन नसक्दा पटक-पटक सर्दै आएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्