हेडको शतकीय पारीसँगै इङल्याण्डमाथि अस्ट्रेलिया ७ विकेटले विजयी

काठमाडौँ –  अस्ट्रेलियाले इङल्याण्डविरुद्धको जारी एकदिवसीय सिरिजमा विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा अस्ट्रेलियाले इङल्याण्डलाई ७ विकेटले पराजित गरेर सिरिजमा विजयी शुरुवात गरेको हो ।

इङल्याण्डले दिएको ३१६ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ४४ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । अस्ट्रेलियाको जितमा ट्राभिस हेडले अविजित १५४ रन बनाएका थिए । हेडले १२९ बल खेल्दै १५४ रन बनाएका थिए । त्यस्तै मार्नस लाबुस्चांगेले अविजित ७७ रन बनाएका थिए ।

यस अघि पहिला ब्याटिंग गरेको इङल्याण्डले ४९.४ ओभरमा अल आउट हुदै ३१५ रन बनाएको थियो । इङल्याण्डका लागि बेन डकेटले सर्बाधिक ९५ रन बनाएका थिए भने विल ज्याकले ६२ रन बनाएका थिए । यो जितपछि अस्ट्रेलियाले ५ खेलको सिरिजमा १-० को अग्रता लिएको छ । अब सिरिजको दोस्रो खेल शनिबार खेल्ने तालिका रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्