बैतडीको देहिमाण्डौँमा लाग्ने जात्राको अवसर पारी काठमाडौँको कोटेश्वरमा समेत जात्रा मनाइयो

काठमाडाैँ – बैतडीको देहिमाण्डौँमा लाग्ने जात्राको अवसर पारी काठमाडौँको कोटेश्वर महादेवस्थानमा समेत जात्रा मनाइएको छ । श्री विरेन्द्र उच्च मावि शाहीलेक बैतडी पूर्व विद्यार्थी अल्मुनाई काठमाडौँ तथा श्री निङ्गलाशैनी भगवती देहीमाण्डौँ ठुली जात आयोजना उपसमिति काठमाडौँको आयोजनामा काठमाडौँको कोटेश्वरमा रहेको महादेवस्थान मन्दिरमा देउडा खेलेर असोज १ गते मंगलबार जात्रा मनाएका छन् ।

जात्रामा सुदूरपश्चिम घर भएका तथा मुख्यगरी बैतडी घर भई हाल काठमाडाैँमा बसोबास गर्ने समुदायका सदस्यहरु जम्मा भएर जात्रा मनाएका हुन् । निङ्गलाशैनी  मन्दिरमा हरेक बर्ष असोजको महाष्टमी र चैत्राष्टमीमा सो मन्दिरमा बलि सहित जात्रा हुने गरेको छ । यो मन्दिरमा दर्शनका लागि नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थी समेत पुग्ने गरेका छन् ।

कामको सिलसिलामा काठमाडौँमा छरिएररहेका सुदूरपश्चिमका सबै व्यक्तिहरुलाई एकठाउँमा जम्मा गरि भाइचाराको सम्बन्ध कायम गर्नुका साथै सामुहिक रुपमा देउडा खेल्ने उद्देश्य रहेको सुदूरपश्चिम समाजका अध्यक्ष एलबी बोहराले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्