गुडिरहेको गाडीमाथि पहिरो खस्दा महिलाको मृत्यु

FILE PHOTO

ताप्लेजुङमा पिकअप भ्यानमा माथिबाट खसेको पहिरोसहितको ढुंगा लाग्दा एक महिलाको मृत्यु भएको छ । फक्ताङलुङ गाउँपालिका–३ की २६ वर्षीया निर्मला गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी विवेक बस्नेतका अनुसार, फुङ्लिङदेखि फक्ताङलुङ गाउँपालिकातर्फ जाँदै गरेको मे१ज १३६२ नम्बरको पिकअप भ्यानमाथि फक्ताङलुङ–३, सिवा क्षेत्रमा पहिरोसहितको ढुंगा खसेको थियो ।

टाउकोमा गम्भीर चोट लागेपछि गुरुङलाई उपचारका निम्ति जिल्ला अस्पतालमा लगिएको थियो । चिकित्सकले उनको मृत्यु घोषणा गरेको सूचना अधिकारी बस्नेतले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्