सृजना विकास समुहद्वारा रमाईलो तीज कार्यक्रम २०८१ को आयोजना

काठमाडाैं – हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा सृजना विकास समुहले रमाईलो तीज कार्यक्रम २०८१ आयोजना गरेको छ । तीज नजिकिएसँगै तीज विशेष कार्यक्रमहरू भइरहेका छन् । जस अन्तर्गत सृजना विकास समुहले पनि तीजको दर खाने कार्यक्रम गर्नुका साथै तीज कार्यक्रमलाई लक्षित गरि महिला दिदीबहिनीहरुलाई भेटघाटको अवसर जुटाएको छ ।

सृजना विकास समुहमा आवद्ध सदस्य परिवारबाट उपस्थिति महिला दिदीबहिनीहरुले भव्यताका साथ तीज विशेष कार्यक्रममा रमाइलो गरेका छन् । सुःख, शान्ति तथा समृद्धिको कामना गर्नुका साथै तीज पर्वलाई भव्य र सव्य ढंगले मनाउन समुहका अध्यक्ष हरि गौतमले आग्रह गर्नुभयो ।

यसैगरी कला संस्कृतिको जगेर्ना गर्न चुनौती बनेको भन्दै उहाँले महिलाहरूका लागि महान् मानिने यो पर्व तडक–भडक नभइ सौहार्द वातावरणमा मनाउन आग्रह समेत गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्