प्रसंसा संरक्षण समूहले भोलि टुडिखेलमा गौरा विशेष कार्यक्रम आयोजना गर्दै

काठमाडौं । काठमाडौंको टुडिखेलमा यही भदौ १० गते गौरा विशेष कार्यक्रम हुने भएको छ। प्रसंसा संरक्षण समूहले विगत २७ वर्षदेखि गर्दै आएको गौरा विशेष कार्यक्रम यस वर्ष पनि आयोजना गरिने सांस्कृतिक समुहका अध्यक्ष हरि अवस्थीले बताए।

कार्यक्रममा देउडा खेल,  छलिया, पुतला, गौरा, ठाडो खेल, छलो, भुवोलगायत सांस्कृतिक प्रस्तुति रहने समेत अध्यक्ष अवस्थीले जनाए।

सांस्कृतिक कार्यक्रम र देउडा खेल बिहान ११ बजेबाट सुरु हुने उनको भनाइ छ। औपचारिक कार्यक्रम भने दिउसो २:३० बाट सुरु हुने छ। उपाध्यायका अनुसार दिउसो १:३० बजे भद्रकालीबाट सांस्कृतिक र्‍यालीसहितको टोली टुडिखेल प्रवेश गर्ने छ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, कर्णाली र सुदूरपश्चिमका राजनीतिक दलका नेताका साथै कलाकारहरूको सहभागीता रहने उपाध्यायले जनाएका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि कार्यक्रमको निमन्त्रणा पठाइएको र आउनेबारे एकिन भइनसकेको जानकारी दिए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्