नेपाल व्यापार संघद्वारा भव्य तीज विशेष कार्यक्रमको आयोजना, मन्त्री समेत सहभागी

काठमाडौँ – नेपाल व्यापार संघले विगतका बर्ष झै यस बर्ष पनि भव्य तीज विशेष कार्यक्रमको आयोजना गरेको छ । शनिवार काठमाडौँको बानेश्वरमा रहेको इन्द्रेणी फुड्ल्याण्डमा नेपाल व्यापार संघका अध्यक्ष हरि गौतमको अध्यक्षता तथा बागमती प्रदेशका सामाजिक विकास मन्त्री हरिप्रभा खड्की श्रेष्ठको प्रमुख आतिथ्यतामा तीज विशेष कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा मन्त्री खड्कीले देश विकासमा महिलाहको भूमिका उच्च रहेको र महिलाहरु उद्यमी भएर आत्मनिर्भर भएकोप्रति उच्च प्रशंसा गर्नुभयो । साथै देश संघीयतामा जाने बेला स्थानीय तहमा मेयर उपमेयरमा एक पदमा महिला अनिवार्य हुनुपर्ने भन्दै धर्ना बसेको समेत स्मरण गर्नुभयो । महिलालाई अघि बढ्न धेरै संघर्ष गर्नुपर्ने भन्दै पछिल्लो समय महिला देशको उच्च पदमा पुगिसकेको बताउनुभयो । साथै महिलाहरु इमान्दारीताका साथ शुन्य भ्रष्टाचारको नीतिमा काम गर्ने भएकाले देशको सुशासनमा समेत महिलाको भूमिका उच्च रहने समेत बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेपाल व्यापार संघका अध्यक्ष हरि गौतमले समेत संघमा आवद्ध महिला दिदीबहिनीहरुलाई शुभकामना व्यक्त गर्नुभयो । साथै व्यापार संघले देशको आर्थिक क्षेत्रमा महत्वपूर्ण योगदान गरिरहेकोले व्यापार संघलाई पाखा लगाउने कार्य स्वीकार्य नहुने भएकाले व्यापारीको हितमा समेत काम गर्न नेपाल सरकारको ध्यानाकर्षण समेत गर्नुभयो । महिलाहरु सक्षम र उद्यमशील बनाउन व्यापार संघ लागिपरेको समेत उहाँले स्मरण गराउनुभयो ।

कार्यक्रममा शुभकामना सन्देश दिदैँ तीज विशेष कार्यक्रम संयोजक तथा नेपाल व्यापार संघकी महिला उपाध्यक्ष पार्वती भट्ट पौडेलले महिलाहरुलाई एकिकृत गरि खुसी साटासाट तथा शुभकामना आदानप्रदान गर्ने अवसर पारि तीज विशेष कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

कार्यक्रममा नेपालको मौलिक कला र संस्कृतिको सम्वद्र्धन एवं संरक्षण गर्नुका साथै प्राकृतिक, दैविक विपत्तीमा मानवीय सहयोगको लागि अग्रणी भूमिका निर्वाह गरी समाज र देशको लागि योगदान गर्नुहुने समाजसेवी कृष्ण कँडेललाई मायाको चिनोले सम्मान समेत गरेको थियो ।
कार्यक्रममा डा. भद्रा पराजुली, संस्थापक अध्यक्ष रुवयनाथ कोइराला, पूर्व अध्यक्ष कुमार कार्की, बरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद अधिकारी, प्रथम उपाध्यक्ष गिरीराज पोखरेल, महिला उपाध्यक्ष पार्वती भट्टसँगै इन्दिरा लामिछाने, महासचिव दिपक सापकोटा, गण्डकी उपाध्यक्ष जयकृष्ण शर्मा, कोशी प्रदेश उपाध्यक्ष तेज प्रसाद आचार्य लगायत अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा अतिथिहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्