पोखराबाट काठमाडौं उडेको बुद्ध एयरको जहाज भैरहवा डाइभर्ट भएपछि….

File Photo

पोखरा – पोखराबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज मौसम खराबीका कारण अवतरण गर्न नसकी भैरहवा डाइभर्ट भएको छ ।

पोखराबाट ७२ जना यात्रु लिएर बिहान काठमाडौं उडेको जहाज खराब मौसमका कारण अवतरण गर्न नसकी भैरहवा डाइभर्ट भएको पोखरा विमानस्थलले जनाएको छ । बिहान ७:२५ मा उड्ने तय भएको जहाज सवा ९ बजेमात्र काठमाडौं उडेको थियो । तर, काठमाडौंको मौसम खराब हुँदा करिब २० मिनेट आकाशमा घुमेर भैरहवा अवतरण भएको हो ।

बुद्धको उडान नम्बर ६६४ को एटीआर ७२ जहाज काठमाडौंका लागि उडे पनि भैरहवा अवतरण भएको पोखरा विमानस्थलले जनाएको छ ।

पोखराबाट उडान भर्ने बेला काठमाडौंको मौसम ठिकै देखिए पनि एक्कासि बिग्रिएको विमानस्थलको भनाइ छ । बिहान पोखरा विमानस्थलबाट बुद्धका २ वटा जहाज काठमाडौंका लागि उडेको थियो । त्यसमध्ये एउटा अवतरण भएको छ भने अर्को भिजिबिलिटीका कारण अवतरण गर्न नसकी भैरहवा गएको हो ।

त्यसयता पोखरा विमानस्थलबाट कुनै पनि उडान भएको छैन । पोखरा विमानस्थलका अनुसार भिजिबिलिटीका कारण उडान र अवतरण दुवै ठप्प भएको छ । अझै केहीबेर विमानस्थल खुल्ने अवस्था छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्