नेपाल व्यापार संघको आयोजनामा ८ गते भव्य तीज विशेष कार्यक्रम हुने, अध्यक्ष गौतमले दिए शुभकामना

काठमाडाै‌ – नेपाल व्यापार संघको आयोजनामा तीज विशेष कार्यक्रमको आयोजना हुने भएको छ । यहि ८ गते शनिवार नेपाल व्यापार संघका केन्द्रीय अध्यक्ष हरि गौतमको अध्यक्षता तथा बागमती प्रदेशका सामाजिक विकास मन्त्री हरिप्रभा खड्की श्रेष्ठको प्रमुख आतिथ्यता बानेश्वरको इन्द्रेणी फुडल्याण्डमा कार्यक्रम आयोजना हुने संघले जनाएको छ ।
नेपालको मौलिक कला र संस्कृतिको सम्वद्र्धन एवं संरक्षण गर्नुका साथै प्राकृतिक, दैविक विपत्तीमा मानवीय सहयोगको लागि अग्रणी भूमिका निर्वाह गरी समाज र देशको लागि योगदान गर्नुहुने समाजसेवी कृष्ण कँडेललाई सम्मान समेत गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रममा नेपाल व्यापार संघमा आवद्ध सम्पूर्ण पदाधिकारी, कार्यसमिति सदस्य लगायत नेपाल संघको सम्पूर्ण टीमलाई कार्यक्रममा सहभागी हुन नेपाल व्यापार संघका अध्यक्ष हरि गौतमले आग्रह गर्नुभयो ।

साथै हिन्दु नारीहरुको महान चाड तीजको अवसरमा अध्यक्ष गौतमको पहलमा प्रत्येक बर्ष तीज विशेष कार्यक्रमको आयोजना हुदैँ आइरहेको छ । साथै उहाँले सम्पूर्ण दिदीबहिनीहरुमा शुभकामना समेत व्यक्त गर्नुभएको छ । मौलिकता जगाउने पर्वको रुपमा यसलाइ लिन समेत आग्रह गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्