जाजरकोटमा पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु

File Photo

जाजरकोट – जाजरकोटमा पहिरोले घर पुरिदा ३ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार जाजरकोटको नलगाड नगरपालिका-२ माझगाउँमा माथीबाट आएको पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ४२ वर्षीय लाल बहादुर परियार, ३४ वर्षीय मनिशा परियार र २ वर्षीय छोरा शिभम परियार रहेका छन् ।

भुकम्प प्रभावित यो परिवार अस्थाई टहरामा बस्दै आएका बताइएको छ । घटनाको विवरण आउन बाँकी रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्