म्यानचेस्टर सिटीको प्रिमियर लिगमा विजयी शुरुवात

काठमाडौँ – म्यानचेस्टर सिटीले इङलिस प्रिमियर लिगको नयाँ सिजनमा विजयी शुरुवात गरेको छ ।

गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले चेल्सीलाई २-० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।  म्यानचेस्टर सिटीको जितमा इर्लिंग हालाण्ड र माटेओ कोभाकिकले एक एक गोल गरेका थिए ।  हालाण्डले खेलको १८औं मिनेटमा गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए भने कोभाकिकले खेलको ८४औं मिनेटमा गोल गरेका थिए ।  यो जितपछि डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले महत्वपूर्ण ३ अंक हासिल गर्दै नयाँ सिजनको शुरुवात गरेको छ भने चेल्सीले हारबाट नयाँ सिजनको शुरुवात गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्